२२ असार २०८३, सोमबार

आगलागीमा परेर वृद्धको जलेर मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।