
काठमाडौं, १९ जेठ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता भइरहेको छ ।
गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीच यातायात खुलाउने बारे वार्ता भइरहेको हो ।
विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । उनीहरुले आजदेखि देशभर नै सार्वजनिक यातायात ठप्प पारेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।








प्रतिक्रिया