१८ असार २०८३, बिहिबार

‘राजावादी आन्दोलनको कुनै औचित्य छैन’

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरुको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् ।

राजसंस्था पुनः स्थापनावादीहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने ठोकूवा गरेका हुन् । बस्नेतले भने, ‘मुलुकमा सुशासनको जनअपेक्षासँग राजावादीहरुको आन्दोलनको कुनै सरोकार छैन । न उनीहरुको आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्छ । गणतन्त्र ढाल्ने त दिवास्वप्न मात्र हो ।’

राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य सर्वसाधारणलाई दुःख दिने राजावादीहरुको आन्दोलनको कुनै औचित्य नभएको उनको भनाइ छ ।