
काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ ।
सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ ।बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।








प्रतिक्रिया