१२ असार २०८३, शुक्रबार

काठमाडौं उपत्यका बन्द फिर्ता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । राजावादी समूहले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

आइतबार संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको घोषणा गरेको थियो ।

“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,” समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।