२९ जेष्ठ २०८३, शुक्रबार

एनआरएनएद्वारा बजेटको स्वागत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेश गरेको बजेटमा गैरआवासीय नेपालीहरू र वैदेशिक लगानीलाई लक्षित गरेर ल्याइएका सकारात्मक नीति तथा कार्यक्रमहरूप्रति एनआरएनएले खुशी व्यक्त गरेको हो ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले वैदेशिक लगानी, वैदेशिक रोजगारी, शिक्षा, प्रवासीको हित संरक्षण र उत्पादनशील क्षेत्रको विकासमा स्पष्ट र सकारात्मक नीति अघि सारेको महसुस गरेको उल्लेख गरेका छन् ।

अध्यक्ष केसीले गैरआवासीय नेपालीहरूसम्बन्धी ऐन तथा नियमावलीहरूमा आवश्यक संशोधन गर्दै, गैरआवासीय नेपाली र एनआरएन नेपाल डेभलप्पमेन्ट फण्डलाई प्राथमिकता दिने व्यवस्था चाँडै गरिने विश्वास व्यक्त गरे । साथै, आईपीओ तथा पूँजी बजारसम्बन्धी नियमनहरू परिमार्जन गर्दै गैरआवासीय नेपालीहरूको प्रत्यक्ष सहभागिता राष्ट्रिय विकासमा सशक्त रूपमा सुनिश्चित गर्ने विश्वास लिएको पनि अध्यक्ष केसीको भनाई छ ।

गैरआवासीय नेपाली संघले सरकारसँग सहकार्य गर्दै नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न तत्पर रहेको र यो बजेटले गैरआवासीय नेपाली र सरकार बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिएको जनाएको छ ।