
काठमाडौं, १६ जेठ । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
सभामुख घिमिरेले अहिले बिहान ११ बजे सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सचिवालयले जनाएको छ ।








प्रतिक्रिया