२५ असार २०८३, बिहिबार

लाखौं जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधनगर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।

उनले देश बिग्रियो भने युवाको भविष्य विग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए ।

उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाखभन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला भन्दै प्रश्न गरे ।
उनले शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भरपर्ने बताए ।

उनले भ्रष्टचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।