
काठमाडौं, १२ जेठ । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंको बयान सुरू भएको छ ।
काठमाडौं जिल्ला अदालतमा उनको बयान सुरू भएको हो । प्रसाईँसहित ५० जनाको बयान र थुनछेक बहस सुरू भएको हो ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ५० जना प्रतिवादीको को बयान भइरहेको छ । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको हो ।









प्रतिक्रिया