
काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ।
आज काठमाडौंमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एकतासँगै नेपाल समाजवादी पार्टीका संयोजक श्रेष्ठलाई माओवादी केन्द्रको सचिवको जिम्मेवारी दिइने तय भएको बताइएको छ ।










प्रतिक्रिया