१३ कार्तिक २०८३, शुक्रबार

पर्यटकीय विकासको गन्तव्यस्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सामाचार समिति (रासस) को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनकालागि अन्तर्राष्ट्रिय रुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औँल्याएका हुन् । उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रुपमा ब्रान्डिङ गर्नुपर्छ । रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्यो । कुनकुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रुपमा देखिने गरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो, त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ । जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ ।’

उनले पछिल्लो समय सम्बन्धित निकायहरुमा काम भन्दा बढी कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए ।