२३ जेष्ठ २०८३, शनिबार

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काँग्रेसकै सांसद बजगाईँले पठाए पत्र

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग गर्दै काँग्रेसकै सांसद राजेन्द्र बजगाईँले पत्र लेखेका छन् ।

आज उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेका हुन् ।

‘म आग्रह गर्दछु- पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्’ उनले लेखेका छन् ।

यस्तै उनले पर्यटनमन्त्री बद्री पाण्डेलाई पनि बर्खास्त गर्न माग गरेका हुन् ।

उनले पर्यटनमन्त्री पाण्डेबारे भनेका छन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डे को नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै पहुँच हुने गर्दछ।’