२५ जेष्ठ २०८३, सोमबार

बालेनले प्रवक्ता मानन्धरलाई सोधे स्पष्टीकरण

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।

बालेनले वडा न. १७ का वडाध्यक्षसमेत रहेका मानन्धरलाई जेठ ८ गते सात दिने स्पष्टीकरण सोधेका हुन् ।

‘मलाई ८ गते स्पष्टीकरण सोधिएको खबर आएको हो । विभिन्न मिडियामा विभिन्न ढंगबाट बोलेको र त्यसले महानगरको प्रतिष्ठामा आँच आएको भन्ने कुरा छ,’ मानन्धरले भने ।

यसअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।