
काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
आज अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमै बैठक बोलाइएको हो । बैठकमा भ्रातृसंस्थाको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
यसअघि देउवाले आज महामन्त्री गगन थापासँग छलफल गरेका थिए ।
बैठकमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद थप्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।








प्रतिक्रिया