
काठमाडौं, ८ जेठ । सहकारी ठगीमा दोषी ठहर भएका कृष्ण अर्याल पक्राउ परेका छन् ।
काठमाडौंको सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर ठगी गरेको आरोपमा उनी काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।
सहकारीले वर्षौंसम्म पटक-पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते दिगो पर्यटन सहकारी सस्थाले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि उनी रकम फिर्ता नगरी फरार भएका थिए ।
अब उनलाई अदालतको आदेश बमोजिम थुनामा पठाइनेछ ।








प्रतिक्रिया