६ श्रावण २०८३, बुधबार

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेको भन्दै माओवादीले जनायो आपत्ति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) ले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलको सहभागिता नगराइएको भन्दै आपत्ति जनाएको छ ।

आज लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले माओवादी केन्द्रलाई उपसमितिमा नराखिएकोमा आपत्ति जनाएका हुन् ।

‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ । यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु,’ उनले भने ।

नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।