२४ जेष्ठ २०८३, आइतबार

गौशालामा ८ वटा सवारीसाधन एक आपसमा ठोक्किए

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । काठमाडौंको गौशालामा ८ वटा सवारीसाधन एकापसमा ठोक्किएका छन् ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा सवारीसाधन ठोक्किएका हुन् ।

दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइतेहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा धादिङ ज्वालामुखी गाँउपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ का विकास कट्टेल र खोटाङको हलेसीका शैलेन्द्र राई रहेको छन् ।

प्रहरीका अनुसार बा५ख ७३१ नम्बरको हायस गाडी, बा।प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बीएसी ९७७३ को अर्को कार, बा१६च ४४५२ नम्बरको कार, प्र–२–०१–००३प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटरसाइकल र बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर ठोक्किएका हुन् । बस चालक फरार छन् ।