
खोटाङ, ३१ बैशाख । खोटाङमा पालिका सभापतिसहित राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो पालिका कमिटी नै नेकपा (एमाले)मा समाहित भएको छ ।
रावाबेंशीमा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रममा रास्वपा पालिका सभापति कृष्ण पाण्डेसहित रावाबेशी गाउँपालिका कमिटी नै एमालेमा समाहित भएको हो ।
उनीहरूलाई एमाले पोलिट्ब्युरो सदस्य विशाल भट्टराई लगायतका नेताहरूले पार्टीमा स्वागत गरे ।
एमालेमा प्रवेश गर्दै पाण्डेले नयाँ भनिएकाहरु विभिन्न ठगीमा संलग्न भएका र राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेको धारणा राखे ।









प्रतिक्रिया