३१ असार २०८३, बुधबार

जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ३१ बैशाख । जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार विहान जनकपुरधाम वडा नं. ४ का अन्दाजी ४० वर्षीय रविन कर्णको शव फेला परको हो ।

उनी हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डिएम तालिमप्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जना सहित ९ जनाको टोलीले हिजो उनको खोजीमा परिचालन गरिएको थियो ।

टोलीले हिजो दुई घण्टासम्म खोजीकार्य गरेपनि बेपक्ता कर्णलाई फेलापार्न सकेको थिएन । आज विहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामदभएको कर्णको शवलाई पोस्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ ।