९ असार २०८३, मंगलबार

रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । सर्वोच्च अदालतले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ।

आज मिश्रको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको हो ।

यस्तै, सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।