
काठमाडौं, ३१ बैशाख । नेकपा (माओवादी) केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै बैसाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् ।
उनले भने,‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ । बैसाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरु भए । २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’
साथै,उनले सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भैइराखेको बताए । उनले चीन सँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको समेत बताए ।








प्रतिक्रिया