
काठमाडौं, ३० बैशाख । राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्वको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
अधिकारी गभर्नरकै पदमा बहाल रहँदा नै गभर्नर सिफारिस समिति सदस्यमा बसेको भन्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए ।
यस्तै, न्यायाधीश विनोद शर्माको इजलासले जेठ ४ गते अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलावट समेत भएको छ ।








प्रतिक्रिया