७ श्रावण २०८३, बिहिबार

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २९ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्षएवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।

पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीको प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् ।

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ । ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागँे’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरुलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे ।’ आफूलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ चुनौती दिएको उनको भनाइ छ । ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’उनले भने, ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहो¥याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनको भनाई छ । माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी भएको उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने स्पष्ट पारे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसकालागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे ।