
काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् ।
आइतबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधिमैत्री पनि छैन । आधुनिक पनि छैन । यात्रुहरुलाई अपराधीहरुको रुपमा व्यवहार गरिन्छ । यात्रीहरुले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरुलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’
उनले विमानस्थलमा सञ्चालन गरिएका पसलहरु अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए ।








प्रतिक्रिया