९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : भारत-पाकिस्तान तनावप्रति नेपाल चिन्तित, त्रासमा छन् नेपाली विद्यार्थी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । घटना पश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।

यसैबीच अध्ययनका लागि भारत र पाकिस्तानमा रहेका नेपाली विद्यार्थी त्रासमा छन् । उनीहरूले उद्वार गर्न सरकार समक्ष गुहार लगाइरहेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रधानमन्त्रीले दिलाए आश्वासन : भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री केपी ओलीले भने– नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिँदैन ।

प्रचण्डले भेटे राष्ट्रपति : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटे राष्ट्रपति रामचन्द्र पौडेललाई, समसामयिक विषयमा कुराकानी ।

दूतावासमा सम्पर्क गर्न आग्रह : पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह ।

राष्ट्रपतिको भनाइ : लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ ।

सरकारको पक्षमा रास्वपा : रास्वपाले ग¥यो आतंकवादविरुद्ध सरकारको अडानको स्वागत ।

गृहमन्त्रीको जवाफ : रेशम चौधरी पक्राउ प्रकरणमा गृहमन्त्री रमेश लेखकको जवाफ– पूर्वग्रह राखिएको होइन, अदालतको आदेश कार्यान्वयन मात्रै गरिएको हो ।

माओवादीको माग : विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग ।

मृत फेला : कुवेतमा कार्यरत तीन नेपाली मृत भेटिए, दुई अलग ठाउँमा भेटिएका शवमध्ये एकजनाको हत्याको आशंका ।

गोकुलको कटाक्ष : राजावादीप्रति गोकुल बाँस्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस् ।

सेनामै अनियमितता : सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका बहालवाला २ र अवकाशप्राप्त दुई सैनिक अधिकारीहरुविरुद्ध मुद्दा ।

पक्राउ पुर्जी जारी : आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी ।

काम गर्न बाटो खुल्यो : एनआरएनए विवाद सर्वोच्च अदालतले बद्री केसीले दायर गरेको रिटमा दिएन अन्तरिम आदेश, एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेश कुमार श्रेष्ठलाई काम गर्ने बाटो खुल्यो ।

पाकिस्तानको दावी : चीनमा बनेको पाकिस्तानी जेटले भारतीय सेनाको दुई फाइटर विमान खसालेको दाबी ।

भारतको दावी : पाकिस्तानले बिहीबार राति ३००–४०० ड्रोन आक्रमण गरेको भारतको दावी ।

आइपिएल स्थगित : भारत–पाकिस्तान तनावका कारण आइपिएल २०२५ एक साताका लागि स्थगित ।