
काठमाडौं, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै आएको अनलाइन समाचार संस्था ‘द वायर’ माथि प्रतिबन्ध लगाइएको छ ।
भारत सरकारले भारतभर नखुल्ने गरी द वायरमाथि प्रतिबन्ध लगाएको हो ।
वायरका संस्थापक सम्पादक सिद्धार्थ वर्द्धराजनले ‘इन्टरनेट सेवाप्रदायकहरूले भारतभित्र आफ्नो अनलाइन हेर्न नमिल्ने गरी बन्देज लगाएको’ ट्विटरमा लेखेका छन्।
केही ठाउँमा अझै यो साइट हेर्न मिल्छ। तर मन्त्रालयको आदेश पूर्ण कार्यान्वयनमा आएपछि त्यहाँ पनि रोक लाग्ने वर्द्धराजनले उल्लेख गरेका छन्।
अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित भनेको छ ।
भारतमा पछिल्लो समय मिडिया सत्ता केन्द्रीत भइरहेको आरोप लागिरहेका बेला द वायरले भने निष्पक्ष समाचार दिइरहेको विष्लेषण हुँदै आएको छ ।









प्रतिक्रिया