
काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) ले नीति तथा कार्यक्रम पारित गर्न सांसदहरूलाई ह्विप जारी गरेको छ।
संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्विप जारी गरेको जानकारी दिएका हुन् ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा ९एमाले० संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको सूचनामा भनिएको छ।








प्रतिक्रिया