३० आश्विन २०८३, शुक्रबार

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २४ वैशाख । कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

सोह्र हजार जनसङ्ख्या रहेको पालिकामा सङ्घ र प्रदेशका साथै अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन् ।

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उनले बताइन् ।