
काठमाडौं, २३ बैशाख । १०६ मेगावट जगदुल्लाको ठेक्का प्रक्रियाविरुद्ध परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आज पाटन उच्च अदालतका न्याधीश टंकप्रसाद गुरुङको इजलासले कारण देखाउन आदेश जारी गरेको हो ।
ठेक्का प्रक्रियाविरूद्व सिउ इन्फ्रास्टक्चर लिमिटेड र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन (एसआईएल–थ्रीएचसी)ले रिट दायर गरेको थियो ।
अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई यही वैशाख ३० गते छलफलका लागि पनि बोलाएको छ।








प्रतिक्रिया