
काठमाडौं, २३ बैशाख । काठमाडौंमा बाल यौन दुर्व्यवहारको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।
काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलका शिक्षक मोरङको बेलबारी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका ५४ वर्षीय टीकाप्रसाद सुवेदी पक्राउ परेका हुन् ।
उनलाई बानेश्वर वृत्तले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । उनीविरूद्व विद्यालयकै एक बालिकाले जाहेरी दिएकी छिन् । अनुसन्धानका लागि प्रहरीले पाँच दिनको म्याद लिएको छ ।








प्रतिक्रिया