२९ असार २०८३, सोमबार

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । संघीय संसदअन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ ।

मंगलबार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।