२९ जेष्ठ २०८३, शुक्रबार

लागुऔषध कारोबारी नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलायो गोली

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ बैशाख । झापामा आगुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयासका क्रममा प्रहरीले गोली चलाएको छ ।

आज बिहान कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

प्रहरीले रोक्ने वित्तिकै लागुऔषध कारोबारी मोटरसाइकल नै छोडेर फरार भएका थिए । त्यसक्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयासस्वरूप दुई राउन्ड गोली चलाएको हो । तर लागुऔषध कारोबारी भाग्न सफल भएका छन् ।

उनीहरूको झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको छ ।