३ श्रावण २०८३, आइतबार

केआईआईटी कलेजमा प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ बैशाख । भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन् ।

सांसदहरूले आकस्मिक समयमा रूलिङको माग गरेपछि सभामुखले सरकारलाई रूलिङ गरेका हुन् ।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भने ।