
धनुषा, २२ वैशाख । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा बिदा दिइएको उल्लेख गरिएको छ । साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
–मंगलबार सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।










प्रतिक्रिया