
रौतहट, २२ वैशाख । रौतहटमा विभिन्न दल परित्याग गरी तीन सय जना नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका–१ जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा तीन सय जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद जैसवालले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया