
काठमाडौं, २२ वैशाख । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा नै फर्किएका छन् ।
खानसँगै एकीकृत समाजवादीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र बागमती प्रदेश सदस्य शैलेन्द्र राउत एमालेमा फर्किएका हुन् । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा एमाले ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।
महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उनले चर्चा गरे ।
एमालेमा फर्किएका नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको उनीहरुको भनाई छ ।









प्रतिक्रिया