४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई गाली गर्न पाएँ भनेर खुशी हुनेहरूको भविष्य अन्धकार हुनेछ : राधिका शाक्य

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथप महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई गिज्याउने, गाली गर्नेको भविष्य अन्धकार हुने बताएकी छिन् ।

हिजो (शनिबार) काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले केपी ओलीलाई गिज्याएर खुशी हुनेहरूले आफ्नै खुट्टामा बन्चरो हानिरहेका र आफ्नै भविष्य अन्धकार पारिरहेका बताएका हुन् ।

उनले भनिन्, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नुभएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ । आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्‍याइरहेको अवस्था छ । त्यो डोहोर्‍याइको करिब-करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन । हामी कति नै बाँच्छौं अब रु हामी भनेको उत्तरार्द्धतिर पुगिसकेका मान्छे हौं । हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौं भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौं । हामीले सहन सक्दैनौं र रु सक्छौं । तर, जो-जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन,’ ।