३२ असार २०८३, बिहिबार

मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः खुलाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० वैशाख । मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल सर्वसम्मत चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको फाउण्डेसनको चौथो साधारणसभाले खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तीवारी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मुकुन्द अधिकारी, आशाकाजी श्रेष्ठ, कमलकुमार विश्कर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवश अधिकारी, रबि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज राई, राधिकार चौलागाई, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरन लामिछाने र सम्झना पौडेल चयन भएका छन् ।

फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता भएको कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा फाउण्डेसनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा (एमाले)का केन्द्रीय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको आतिथ्यता रहेको थियो ।