३१ जेष्ठ २०८३, आइतबार

निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको बताएका छन् ।

शनिबार सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई बेवास्था गर्‍यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोबल बढाउनको लागि काम गरेको बताएका हुन् । उनले भने, ‘निजी क्षेत्रको आत्मबल बढाउन सरकार सम्पूर्णरुपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’

उनले निजी क्षेत्रका मुद्धा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानून आएको बताए । ‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौँ दशकदेखि नउठेको मुद्दाहरुलाई सम्बोधन गर्न अध्यादेशमार्फत कानून भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले वेवास्था गर्‍यो भन्ने कुराकाृे कुनै अर्थ छैन,’ उनले भने ।

मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिकरुपमा समृद्धि हुनुपर्ने बताए । ‘नेपालमा समाजवाद छैन । आजै आउँदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिक रुपमा समृद्धि हुनुपर्‍यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’ उनले भने ।