
काठमाडौं, १९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको बताएका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले युवाहरुको समस्या समाधान गर्ने भन्दापनि सुगा रटाई र कागजको खोस्टा जस्तो भएको बताएका हुन् ।
उनले भने,‘अहिले सबैभन्दा ठुलो समस्या युवाहरुको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन । यो पुरोनो ढड्डामा भएको कागजको खोस्टा जस्तो छ । सुगा रटाई जस्तो छ ।’
साथै उनले लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए ।








प्रतिक्रिया