७ असार २०८३, आइतबार

रेशमलाई पक्रन पत्र लेख्ने महिमानलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले विष्टलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो। विष्‍टले आफूले अनधिकृत पत्र लेखेको कुरा प्रहरीसँग स्वीकार गरेका छन्।

विष्टले सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी रेशमलाई पक्राउ गर्न डिल्लीबजार कारागारको नाममा पत्र लेखेर पठाएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर उनलाई कारागार बुझाएको थियो ।

सर्वोच्चले महिमान विष्टको पत्र अनधिकृत भएको भन्दै रेशमलाई रिहा गर्न अर्को पत्र पठाएको थियो । त्यसपछि करिब साढे चार घण्टाको कारागार बसाइपछि रेशम थुनामुक्त भएका थिए ।