
काठमाडौं, १९ बैशाख । नेपाल विद्युत प्राधिकरण पाँच अर्ब बढी घाटामा रहेको पाइएको छ ।
आज नेपाल विद्युत प्राधिकरणले स्वेतपत्र जारी गर्दै पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको बताएको हो । प्राधिकरणले गत फागुनसम्म नौ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको उनको भनाइ छ ।
महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको शाक्यले बताए । यसबीचमा २९.९१ करोड रुपैयाँ आम्दानी नाघेको देखिएको उनले बताएका छन् ।









प्रतिक्रिया