
काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारले आज संसदमा पेश गर्ने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया