९ असार २०८३, मंगलबार

मधेस प्रदेशको समग्र विकासका लागि सरकार अघि बढ्दैछ : मन्त्री गुप्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १८ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मधेस प्रदेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

नेकपा एमाले वीरगन्ज महानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई आज विरगंजको क्लासिक होटलमा सम्बोधन गर्दै मन्त्री गुप्ताले सो कुरा बताएका हुन् ।

मन्त्री गुप्ताले नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले मधेस प्रदेशको विकासका लागि बनाएको खाकाको आधारमा सरकारले चाँडै विकाशको काम सुरु गरी विकसित मधेस प्रदेश बनाउने तर्फ लागेको बताए ।

मधेस प्रदेशको हक अधिकारका लागि पनि सरकार दृढतापूर्वक भूमिका निर्वाह गरिरहेको छ । मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गर्ने उनले बताए । उनले भने, ‘दुई कार्यकाल सत्तासीन भएको मधेशी दलले समग्र मधेसको विकासमा ध्यान दिएन । जसको कारण मधेस प्रदेशको विकासको सपना तुहिएको हो।’

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको मन्त्री गुप्ताको भनाइ छ ।