२२ असार २०८३, सोमबार

जतिबेला एमाले सरकारमा पुग्छ श्रमजीवीको पक्षमा कानुन र कार्यक्रम ल्याउँछ : शंकर पोखरेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको विकासमा निरन्तर नेतृत्व गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका हुन् ।

एमालेले ल्याएको सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिब बिचको खाडल पुरिएको उनको भनाइ छ । ‘हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ, नेपाली जनतामा धनी गरिब बिचको खाडल पुर्ने कुरामा हामीले छोटो समयमा ठुलो उपलब्धि प्राप्त गरेका छौँ’, उनले भने । नेपालको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको बताउँदै उनले श्रमजीवी वर्गलाई संगठित गर्ने र अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको भन्दै धन्यवाद दिए ।

जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवी वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको उनको भनाइ छ । एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको भन्दै उनले केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोच भन्दा फरक रहेको स्पष्ट पारे ।

एमालेको यो नीति भविष्यको लागि आधारशिला भएको पोखरेलको भनाइ छ । उनले अहिले पनि देशमा सोचे जस्तो विकास हुन नसकेको भन्दै अहिले पनि रोजगारीको लागि युवा विदेश जाने कुरालाई रोकेर देशमा कृषिजन्य उत्पादनको क्षेत्रमा बढोत्तरी गर्नुपर्नेमा जोड दिएका छन् । आज प्रतिगामी मण्डलेहरूले परिवर्तन प्रति अनास्था पैदा गर्ने काम गरिहरेका बताउँदै उनले त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्ने स्पष्ट पारे । स्वतन्त्रलाई समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।