१४ असार २०८३, आइतबार

विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालकालागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

जसमा गणतन्त्र बेलारुसका राजदूत मिखाइल कास्को, जर्जियाका राजदूत वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत ब्रिगेडियर जनरल फेलिक्स डायलो, कुवेत अधिराज्यका राजदूत मेसल मुस्तफा जे अलशेमाली र गणतन्त्र अर्मेनियाका राजदूत वाहगन अफ्यान रहेका छन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिटप्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।