५ श्रावण २०८३, मंगलबार

रेशम चौधरी पक्राउ परेपछि सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए ।

यसैबीच, उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । संरक्षक चौधरीलाई पक्राउ गरिएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो । पार्टीबाट सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएको छ ।