
काठमाडौं, १७ वैशाख । नेकपा (एमाले) कोशी प्रदेशका नेताहरूले कोशी प्रदेशमा गर्नुपर्ने कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा कोशी प्रदेशमा समावेश गर्नुपर्ने योजनाको विषयमा उनीहरुलाई सुझाव र मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको छ ।

भेटघाटमा नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, प्रदेश इञ्चार्ज शेरधन राई, जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, प्रतिनिधि सभाका सदस्यहरू तथा जिल्लाका उपलब्ध अध्यक्षहरू लगायत सहभागी थिए ।
प्रधानमन्त्री र अर्थमन्त्रीले प्राप्त सुझाव र योजनालाई प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् ।








प्रतिक्रिया