२६ असार २०८३, शुक्रबार

जबजमार्फत समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिन्छ : महासचिव पोखरेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक संस्कृति र सामाजिक न्यायको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । शान्तिपूर्ण मार्गबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुने उनको धारणा छ ।

समाजवादमा पुग्ने सैद्धान्तिक आधार जनताको बहुदलीय जनवाद भएको महासचिव पोखरेलको धारणा छ । पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक सोचलाई गहिरोसँग आत्मसात् गरेर मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने उल्लेख गरे ।

‘शान्तिपूर्ण मार्ग, लोकतान्त्रिक संस्कृति र सामाजिक न्यायको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका पूरा गर्दै समाजवादमा पुग्ने सैद्धान्तिक आधार हो: जनताको बहुदलीय जनवाद । जनताको बहुदलीय जनवादको मौलिक सोचहरूलाई गहिरो गरी आत्मसात् गरौँ ।’, सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन् ।