९ श्रावण २०८३, शनिबार

बढुवा भएका एआईजी पदस्थापन- सीआईबी प्रमुखमा खापुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । हालसालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले एआईजीको जिम्मेवारी तोकेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को प्रमुखमा चन्द्र कुबेर खापुङलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, मानव स्रोतको जिम्मेवारी दानबहादुर कार्कीलाई दिइएको हो ।

यस्तै लालमणि आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, कृष्णहरि पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र मनोज केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको हो।

Skip This